२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

इन्द्र जात्रा : आज बसन्तपुरमा कुमारीहरूको पुजा गरियो


सञ्चार डबली
  • बुधबार, असोज १० २०८०
  • 8.1K
    SHARES

  • images
    इन्द्र जात्रा : आज बसन्तपुरमा कुमारीहरूको पुजा गरियो


    काठमाडौ, १० असोज । इन्द्र जात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पुजा गरिएको छ ।नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पुजा गर्ने प्रचलन छ । तर यो पुजा रोयल कुमारीको भने नभएको र ५०५ कन्या कुमारी पुजा भएको राजन महर्जनले जानकारी दिए ।

    उनले भने, ‘दशैको महानवमीमा हो त्यो कुमारी बनाउने र यो फरक कुरा हो । यो पुजा बेग्लै तरिकाले गरिन्छ । बच्चाको रोगहरू नष्ट गर्ने विश्वासले यो पुजा गरिन्छ ।’

    उनले आजै पुजा गर्नुपर्ने मुख्य कारण गणेश भौरव कुमारीको पुजा गर्ने प्रचलन रहेकाले सोहीअनुसार बच्चाहरू ले शक्ति प्राप्त होस् भनेर ५०५ कन्या कुमारी पुजा गरिरहेको बताए ।

    उनले भने, ‘इन्द्र जात्राको अवसरमा सुरुवात भएको दास्रो दिनमा यो कुमारी पुजा गरिन्छ । विगत २२ वर्ष देखि हामीले सूर्यकुमारी पुजा गर्दै आएको छौं । आज गर्नुपर्ने मुख्य कारण गणेश भौरव कुमारीको पुजा गर्ने प्रचलन छ । सोही अनुसार राज्यको तर्फबाट गणेश भौरव कुमारीलाई पुजा गरेर शक्ति प्रदान गर्छन् । त्यही फल स्वरुप अहिलेका बालिककाहरूले शक्ति प्राप्त होस् भनेर ५०५ कन्या कुमारी पुजा गरिरहेका छौं ।’

    भोलिदेखि सुरु हुने इन्द्र जात्राका लागि आज बिहान लिङ्गो उठाइएको थियो । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्र ध्वजोत्थान बुधबार बिहान गरिएको हे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend