२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बुधबार, असोज १० २०८०
  • 16.3K
    SHARES

  • images
    घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


    काठमाडौ, १० असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले हिजोको तुलनामा सुनको मूल्य ८०० ले घटेर कारोबारमा आएको जानकारी दिएको हो ।

    महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ थियो ।

    सुनको मूल्य घटेसँगै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर कारोबारमा आएको हो । मूल्य घटेसँगै आज चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend