२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

असोज १७ गतेबाट सेयर लिलामी खोल्दै अपि पावर कम्पनी


सञ्चार डबली
  • बुधबार, असोज १० २०८०
  • 8.6K
    SHARES

  • images
    असोज १७ गतेबाट सेयर लिलामी खोल्दै अपि पावर कम्पनी

     

    काठमाडौ, १० असोज । अपि पावर कम्पनीले असोज १७ गतेदेखि ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ ।यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    आवेदन दिने अन्तिम म्याद असोज २४ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले साउन ३१ देखि भदौ १९ गतेसम्म १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सर्वसाधारण समूहको सेयर कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend