२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सरकारले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउनुपर्छ : मेयर शाह


सञ्चार डबली
  • बुधबार, असोज १० २०८०
  • 8.2K
    SHARES

  • images
    सरकारले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउनुपर्छ : मेयर शाह


    काठमाडौं, १० असोज । स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सरकारसँग आग्रह गरेका छन् । दिव्य शताब्दी पुरुष डा. गौरीशंकरलाल दासलाई नागरिक अभिनन्दन गर्दै उनले डा. दासलाई झैं सरकारले अन्य चिकित्सकहरुलाई पनि सुरक्षाको प्रत्याभूति दिलाइ देशमै रहेर सय वर्ष बिताउनसक्ने वातावरण सिर्जना गनुपर्ने बताएका हुन् ।

    उनले भने, ‘अहिलेको स्थितिमा काठमाडौँ महानगरपाकिला मात्र नभएर देशभर नै उहाँको विशेषता र उहाँले दिन सक्ने प्रेरणा मूल समारोह समितिले वर्षभर गर्ने कार्यक्रममा सूचना प्रवाह गर्नसके नयाँ पुस्तालाई निकै प्रेरणा मिल्ने छ । विशेष गरी डाक्टरसाप, नर्स, स्वास्थ्यकर्मीहरु, अहिलेको देशको स्थितिमा देशमै रहेर सय बिताउनसक्ने प्रेरणा उहाँबाट जाओस् ।’

    मेयर शाहले स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको भन्दै एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारीसाथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने बताए ।

    उनले भने, ‘अहिलेको स्थितिमा जुन स्वास्थ्यकर्मीहरु बाहिँरिँदै जाँदै हुनुहुन्छ, उहाँहरुको रक्षा र सुरक्षा गर्न कठिन परेको अवस्थामा छ, उहाँजस्तै देशमै बसेर सेवा गर्न सकिन्छ भनेर स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको व्यवस्था होस् । कार्यक्रमको शुरुमै के भनियोभन्दा पाँचवटा राजा, ३५ प्रधानमन्त्री भनियो । एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारीपूर्वक गर्ने हो भने कुनै पनि तन्त्रले केही फरक नपर्ने रहेछ भन्ने उदाहरण हो ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend