२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

इराकको विवाह समारोहमा आगलागी, १ सय जनाको मृत्यु


सञ्चार डबली
  • बुधबार, असोज १० २०८०
  • 9.0K
    SHARES

  • images
    इराकको विवाह समारोहमा आगलागी, १ सय जनाको मृत्यु

     

    काठमाडौं, १० असोज । उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा १०० जनाको मृत्यु भएको छ ।सो आगलागीमा परेर अन्य १५० जना घाइते भएका छन्, सो घटनाको विस्तृत बिवरण आउन बाँकी छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सो घटनामा पर्ने पीडित मध्ये दुलहा र दुलहीसमेत रहेको बताइएको छ। इराकको उत्तरी निनेवेह प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार साँझ आगलागी भएको हो ।

    आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन् तर प्रारम्भिक रिपोर्टहरूका अनुसार बिबाह उत्सबमा आतिशबाजी गरेपछि आगलागी सुरु भएको बताइएको छ।

    इराकी समाचार एजेन्सी नीनाले पोस्ट गरेको तस्बिरले दर्जनौं अग्निनियन्त्रकहरू आगो निभाइ रहेको देखिएको छ भने स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा राखेका तस्विरहरूले कार्यक्रम मुख्य हलको जलेर ध्वस्त भएको अवशेषहरू देखिएको छ ।

    भवनमा रहेका ज्वालामुखी प्यानलहरूले आगो फैलाउन मद्दत गरेको हुन सक्छ, जसले गर्दा छतका केही भागहरू खसेको हुन सक्छ। ‘अत्यधिक ज्वलनशील, कम लागतको निर्माण सामग्रीको प्रयोगको कारण आगोले हलका केही भागहरू ध्वस्त पारेको छ, जुन आगो लाग्दा केही मिनेटमै भत्किन पुगेको थियो,’ इराकको नागरिक रक्षा निर्देशनालयले जानकारी दिदै भन्यो ।

    समाचार एजेन्सी रोयटर्सका एक संवाददाताले खिचेको भिडियोमा अग्निनियन्त्रकहरू बुधबार बिहान सबेरै जीवित व्यक्तिहरूको खोजीमा भवनको भग्नावशेषमा चढेको देख्न सकिन्छ।

    स्थानीय समय अनुसार करिब १०ः ४५ बजे भवनमा आगलागी हुँदा त्यहाँ सयौं मानिस उत्सव मनाइरहेका प्रत्यक्षदर्शीहरूले बताएका छन्।‘हामीले हलबाट बाहिर निस्केयौ तर हलमा आगो बलिरहेको देख्यौं। व्यवस्थापन गर्नेहरू बाहिर निस्किए र तर ती पनि बच्न सकेनन, बाहिर निस्कनेहरू पनि घाइते भएका छन,’ ३४ वर्षीय इमाद योहानाले भने । उनी सो आगलागीमा सुरु भएर भागेर बाँचेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend