बुधबार, असोज १०, २०८०
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले स्मार्ट मोबाइल एप ल्याएको छ । एप मार्फत आफ्ना अभिकर्ता, ग्राहकवर्ग एवं सर्वसाधारणलाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले मोबाइल एपको शुभारम्भ गरेकी थिइन् ।मोबाइल एप सार्वजनिक गर्दै उनले स्मार्ट मोबाइल एपबाट आफ्ना अभिकर्ता तथा बिमितहरूले घरबाटै आफ्नो बिमालेख सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने भएकाले कम्पनीको विश्वसनीयता अझ वृद्धि हुने बताएकी छन् ।
यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यावसायिक बनाउन थप लगानी गर्ने प्रतिबद्धत्ता अनुरूप कम्पनीले स्मार्ट मोबाइल एप लन्च गरेको र यस एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकहरूले छिटो छरितो कार्य सम्पादन गर्न सक्ने बताए ।


