२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अजरबैजानको इन्धन डिपोमा विस्फोट :  २० जनाको मृत्यु


सञ्चार डबली
  • मंगलबार, असोज ९ २०८०
  • 10.9K
    SHARES

  • images
    अजरबैजानको इन्धन डिपोमा विस्फोट :  २० जनाको मृत्यु

     

    काठमाडौं, ९ असोज । अजरबैजानको नागोर्नो–काराबाखमा रहेको इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । करिब तीन सय मानिस अस्पताल भर्ना भएका र त्यसमध्ये केहीको अवस्था भने गम्भीर रहेका अजरबैजानका अधिकारीहरुले जानकारी दिएका छन् ।

    विस्फोटको कारण भने खुलिसकेको छैन । आर्मेनियाली सरकारले १३ हजार ३५० शरणार्थीहरू एन्क्लेभबाट देश पार गरेको बताएपछि घटना भएको हो । विवादित नागोर्नो–काराबाख क्षेत्रमा करिब १ लाख २० हजार जातीय आर्मेनियालीहरूको बहुमत रहेको छ।मंगलबार एक विज्ञप्तिमा स्थानीय अधिकारीहरूले घटनास्थलमा १३ अपरिचित शव भेटिएको र थप सात जनाको अस्पतालमा मृत्यु भएको बताए ।

    गत हप्ता अजरबैजानले नागोर्नो–काराबाख कब्जा गरेपछि, येरेभानमा आर्मेनियाली सरकारले लडाइँबाट घरबारविहीन भएकाहरूलाई स्थानान्तरण गर्ने योजना घोषणा गरेपछि हजारौं मानिसहरूले क्षेत्र छोडेका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend