२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से सूचक १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा


सञ्चार डबली
  • मंगलबार, असोज ९ २०८०
  • 8.0K
    SHARES

  • images
    नेप्से सूचक १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा

     

    काठमाडौ, ९ असोज । दुई दिनको करेक्सनपछि मंगलबार सेयर बजारमा फेरि सुधार देखिएको छ । नेप्से सूचक १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा आएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा २ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूह बढेका छन् ।

    गत साताको बिहीबार करिब ४४ अंकले बजार बढेपछि आइतबार र सोमबार भने करेक्सन आएको थियो । तर दुई दिनको करेक्सनपछि मंगलबार पुनस् सूचक बढेको हो । कारोबार रकम भने औसतमा रहेको छ ।

    केही दिनयता विशेषगरी हाइड्रोपावर समूहमा चमक आइरहेको छ । हाइड्रोपावर समूहका कतिपय कम्पनीहरुमा सकारात्मक सर्किट लाग्ने गरी बढोत्तरी भइरहेका छन् । यसैगरी, बजारका लागि सकारात्मक खबरहरु पनि आइरहेका छन् । सरकार तथा नियामक निकायका पदाधिकारीहरुबीच बजार सुधारका विषयलाई लिएर छलफल र भेटघाटहरु पनि बाक्लिएका छन् ।

    यस दिन २८६ कम्पनीको ८७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोड ३४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सन नेपाल लाइफ इन्सुरेन्स र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend