२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजबाट औपचारिक रुपमा सुरु भयो इन्द्रजात्रा


सञ्चार डबली
  • मंगलबार, असोज ९ २०८०
  • 7.9K
    SHARES

  • images
    आजबाट औपचारिक रुपमा सुरु भयो इन्द्रजात्रा

     

    काठमाडौं, ९ असोज । काठमाडौं उपत्यकामा मनाईने मुख्य पर्व इन्द्रजात्रा आजबाट सुरु भएको छ । भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिन बसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि इन्द्रजात्रा प्रारम्भ भएको हो । नेवारी समूदायले यो पर्वमा वर्षा र सहकालको देवताको रूपमा इन्द्रको पूजा आराधना गर्दछन् । आठ दिनसम्म विभिन्न नाजगान, रथयात्रा गरी यो पर्व मनाइन्छ ।

    यही असोज ११ गते इन्द्रजात्राको मुख्य दिन काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने गरेको छ । जात्राको अवधि भर भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

    इन्द्रजात्रामा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा छ ।जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्र जात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरपालिकाले सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवर्द्धनको काम गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend