२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ


सञ्चार डबली
  • मंगलबार, असोज ९ २०८०
  • 7.2K
    SHARES

  • images
    पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ


          
    काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका चितवनका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राप्ती प्यालेसमेन्ट मेनपावरका सञ्चालक चितवन जिल्ला भरतपुर म.न.पा. वडा नं. ६ घर भई हाल बसुन्धरा बस्ने वर्ष ४२ का रविन्द्र अधिकारीलाई विभिन्न चार जनासंग १२ लाख रकम ठगेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रहरीका अनुसार उनले प्रेम तामाङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु भन्दै बाह्र लाख रुपैयाँ ठगी गरेका हुन् । अधिकारीलाई खोजतलास गर्ने क्रममा बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend