२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक


सञ्चार डबली
  • मंगलबार, असोज ९ २०८०
  • 9.5K
    SHARES

  • images
     ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक
     

    काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

    बैंकले प्रति इकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट ५% अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । 

    सिटिजन्सले १० वर्ष अवधिको ‘१०% सिटिजन्स डिबेन्चर २०९०’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । यस ऋणपत्रमा असोज २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने कात्तिक गतेसम्म खुला रहनेछ । 

    यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम बिक्री खुला भएको सबै इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend