२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल


सञ्चार डबली
  • मंगलबार, असोज ९ २०८०
  • 10.3K
    SHARES

  • images
    मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल


    काठमाडौ, ९ असोज । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा इन्टरनेट सेवा पुनःस्थापना गरिएको छ । त्यसपछि जुलाईमा महिनामा बेपत्ता भएका दुई विद्यार्थीको शवको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । प्रदेश सरकारले यस विषयमा तत्काल र निर्णायक कदम चाल्ने आश्वासन दिएको छ ।

    मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा अनुसार उक्त घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई जिम्मा दिइसकेको बताइएको छ । यसरी मृत्यु हुनेमा १७ वर्षीय हिजाम लिन्थोइङ्गाम्बी र २० वर्षीय फिजाम हेमजीत नामका दुई विद्यार्थी रहेका छन् ।

    मुख्यमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जुलाई २०२३ देखि बेपत्ता भएका दुई विद्यार्थी फिजाम हेमजीत (२० वर्ष) र हिजाम लिन्थोइङ्गाम्बी (१७ वर्ष) को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएकोमा राज्य सरकारको ध्यानाकर्षण भएको छ।’

    स्मरण रहोस, राज्यका जनताको इच्छा अनुसार यो मुद्दा पहिले नै सीबीआईलाई हस्तान्तरण गरि सकिएको छ। मणिपुर प्रहरीले केन्द्रीय एजेन्सीहरूसँग काम गरिरहेको छ।

    विज्ञप्तिमा थप भनिएको छ, ‘मणिपुर पुलिसले केन्द्रीय अनुसन्धान एजेन्सीहरूसँगको सहकार्यमा दुई विद्यार्थी बेपत्ता र हत्यामा संलग्न अपराधीहरूको पहिचान गर्न सक्रिय रूपमा अनुसन्धान गरिरहेको छ। यसका साथै सुरक्षाकर्मीले अपराधीलाई पक्रन खोजी अभियान पनि थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend