२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल बैंकद्धारा अत्याधुनिक कल सेन्टर सेवाको उद्घाटन, अब यो नम्बरमा कल गर्नुहोस्


सञ्चार डबली
  • सोमबार, असोज ८ २०८०
  • 12.7K
    SHARES

  • images
    नेपाल बैंकद्धारा अत्याधुनिक कल सेन्टर सेवाको उद्घाटन, अब यो नम्बरमा कल गर्नुहोस्

    २०८० असोज ०८ गते

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सेवाको उद्घाटन गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरी बैंकले उक्त सेवाको उद्घाटन गरेको हो ।

    बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले उक्त सेवा सुचारु गर्न लागेको हो । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सेवा प्रदायक संस्था कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले संयूक्त रुपमा रिबन काटि कल सेन्टरको उद्घाटन गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष, अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए ।

    यसै गरि कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले नेपाल बैंकको ग्राहक सेवाको उत्कृष्टताको लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

    ०१-५९७१२२२ नम्बर रहेको कल सेन्टरले नेपाल बैंकका ग्राहकका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा सावित हुने बैंकको विश्वास छ ।

    हाल बैंकले २२८ शाखाहरु, २०४ एटीएमका साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ । साथै, बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक डिजिटल बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल बैंक
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend