२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मीड सोलु हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट हुने, कतिले पाउँछन् सेयर ?


सञ्चार डबली
  • सोमबार, असोज ८ २०८०
  • 8.2K
    SHARES

  • images
    मीड सोलु हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट हुने, कतिले पाउँछन् सेयर ?

    काठमाडौ, ८ असोज । मीड सोलु हाइड्रोपावर कम्पनीको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बुधबार साँझ ५ बजे आईपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । यता, मीड सोलुको आईपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्ने भएको छ । 

    किनभने यसमा मागभन्दा २४.३४ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १३ लाख ५४ हजार ८४६ जनाले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ताका  लागि आवेदन दिएका छन् । जसमा ६२ हजार ११८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९२ हजार ७२८ जनाको भने हात खाली हुनेछ । 

    कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो । कम्पनीले कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो । 

    रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०८० असार ३१ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८१ असार २९ गतेसम्म बाहल रहनेछ । 

    कम्पनीले सोलुखुम्बु जिल्लास्थित सोलु खेलाको पानी प्रयोग गरी ९.५ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारीक उत्पादन समेत सुरु गरेको छ । यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्ने अनुमति २०७७ माघ २५ गते प्राप्त गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend