२०८० असोज ७ गते
काठमाडौं । माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३.३० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।
मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २३२.६६ रुपैयाँ कायम भएको छ । यसै मूल्यलाई आधार मानेर यसको सोमबार कारोबार सुरु हुनेछ । आइतबारको अन्तिम कारोबार मूल्य २६३ रुपैयाँ ६० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ ।
यता, बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । सभा, होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजे सुरु हुनेछ ।


