२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

गोरखामा सालक र हुचिलको उद्धार


सञ्चार डबली
  • आइतबार, असोज ७ २०८०
  • 12.6K
    SHARES

  • images
    गोरखामा सालक र हुचिलको उद्धार

    ७ असोज, गोरखा । गण्डकी गाउँपालिका–८ बाट दुई वन्यजन्तुको उद्धार भएको छ । एक साताको अवधिमा एक एक वटा सालक र हुचिलको उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

    गत भदौ ३० गते शालक जंगलबाट बस्ती पसेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा सबडिभिजन वन कार्यालय सिउरेनटारको प्राविधिक टोलीले सालकको उद्धार गरेको हो ।उद्धार पश्चात उक्त सालकलाई उपयुक्त वासस्थानमा छाडिएको कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । उनका अनुसार नेपालमा चाइनिज र इण्डियन गरी दुई प्रकारका सालक पाइन्छन् ।

    उद्धार गरिएको सालक चाइनिज प्रजातिको हो । ‘गोरखा जिल्लाको वन क्षेत्र सालकका लागि उपयुक्त वासस्थान मानिन्छ’ उनले भने, ‘त्यसैले यहाँ धेरै सालक भेटिने गर्छन् ।’

    उनका अनुसार सालकलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले अति संकटापन्न वन्यजन्तुमा राखेको छ । नेपालले भने संरक्षित स्तनधारी वन्यजन्तुको सूचीमा राखेको छ ।

    त्यस्तै गत बिहीबार कार्यालयले हुचिलको पनि उद्धार गरेको छ । घ्याल्चोकमा घरभित्र पसेको हुचिललाई सवडिभिजन वन कार्यालय सिउरेनटारको टोलीले उद्धार गरेको हो । ‘स्थानीयको घरमा पसेपछि हामीलाई खबर भयो,’ कार्यालयका सूचना अधिकारी पौडेलले भने, ‘हाम्रो टोली गएर उद्धार गरेर ल्यायो ।’

    घाइते अवस्थामा भएकाले सिउरेनटारको कार्यालयमा सुरक्षित साथ राखेर उपचार भइरहेको उनले बताए । केही दिन पश्चात उचित वासस्थानमा लगेर छाडिने उनले जानकारी दिए ।

    उनका अनुसार हुचिललाई पाल्न र किनबेच गर्न प्रतिबन्ध लगाइएको छ । खेतीबाली नष्ट गर्ने मुसा यसको मुख्य आहार भएकाले पनि यसलाई किसानको साथीको रुपमा लिइन्छ । कार्यालयका अनुसार नेपालमा २३ प्रकारका हुचिल पाइन्छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend