२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुन तस्करी छानबिन आयोग गठनबारे दलहरु छलफलमा


सञ्चार डबली
  • आइतबार, असोज ७ २०८०
  • 8.4K
    SHARES

  • images
    सुन तस्करी छानबिन आयोग गठनबारे दलहरु छलफलमा

    काठमाडौँ । सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग गठनको विषयमा छलफल गर्न प्रमुख दलका नेताहरुको बैठक बसिरहेको छ । रक्षा मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको बैठक बसेको हो । 

    यसअघि शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले नेताहरुसँग गरेको छलफलमा कुरा नमिल्दा आयोग गठन हुन सकेको थिएन ।

    बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित प्रमुख दलका सचेतक प्रमुख सचेतक सहभागी रहेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । 

    सुन तस्करी छानबिनका लागि पूर्वसहमति अनुसार सरकार आयोग गठनमा तयार नभएको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगाउँदै आएको छ । 

    एमालेले आयोगलाई छानबिनको पूर्ण अधिकार दिनुपर्ने माग गर्दै आएको छ भने सरकार पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend