२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

साताको पहिलो कारोबार दिन नेप्सेमा सामान्य गिरावट


सञ्चार डबली
  • आइतबार, असोज ७ २०८०
  • 8.0K
    SHARES

  • images
    साताको पहिलो कारोबार दिन नेप्सेमा सामान्य गिरावट

    साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ३ कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से, यस दिन भने घटेको हो।

    आइतबार नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.१० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक घटेको छ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८५ स्टकको ८१ हजार १० पटकको कारोबारमा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँ बराबरको ९० लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    नेप्से घटेपनि यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शुभम् पावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

    कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कारण यस बैंकको शेयर कारोबार बढेको हो। सो बैंकको यस दिन १३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सन नेपाल लाइफ इन्स्योरेन्सको करिब १० करोडको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

    १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend