२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

यसपालि लाभांश दसैंअघि नै, कम्पनीहरुले धमाधम बोलाउन थाले साधारण सभा


सञ्चार डबली
  • आइतबार, असोज ७ २०८०
  • 10.6K
    SHARES

  • images
    यसपालि लाभांश दसैंअघि नै, कम्पनीहरुले धमाधम बोलाउन थाले साधारण सभा

    काठमाडौं। प्रमुख चाडबाड दसैंतिहारअघि दक्षिणास्वरुप लाभांश दिन कम्पनीहरुले धमाधम वार्षिक साधारण सभा आह्‍वान गर्न थालेका छन्।

    यसपालि दसैं केही पछाडि रहेकाले कतिपय बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीका सेयरधनीले पर्वअघि नै लाभांश पाउने भएका छन्। पोहोर दसैंअघि कुनै कम्पनीले पनि वार्षिक साधारण सभा गर्न भ्याएका थिएनन्।

    माछापुच्छ्रे बैंकले लाभांश पारित गर्न असोज १८ गते साधारण सभा डाकेको छ। त्यसैगरी सिटिजन्स बैंकले असोज २६ गतेका लागि तय गरेको छ। ५ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेकामा तीन वटाले साधारण सभा बोलाएका छन्। एनआईसी एसियाले असोज २८ गते साधारण सभा बोलाएको छ।

    लाभांश घोषणा गर्न बाँकी कतिपय बैंकहरुको वार्षिक प्रतिवेदन अहिले राष्ट्र बैंकमा स्वीकृतिको प्रक्रियामा छ। राष्ट्र बैंकले अध्ययन गरेर स्वीकृति दिएपछि मात्र बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्न पाउँछन्।

    लाभांश प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गर्नुपर्ने हुन्छ। त्यसपछि मात्र बैंक तथा वित्तीय संस्थाले साधारणसभा बोलाउँछन्। साधारण सभाले पारित गरेपछि लाभांश सेयर लगानीकर्ताको बैंक खातामा जम्मा हुन्छ। बोनस सेयरको हकमा थप समय लाग्छ।

    यसपालि घटस्थापना असोज २८ गते परेको छ। यो दिन सार्वजनिक बिदा हो। असोज ३० देखि कात्तिक ३ गतेसम्म भने कार्यालय खुल्छन्। असोजभित्र साधारण सभा सम्पन्न गर्ने कम्पनीले दसैं बिदा सुरु हुनुअघि लाभांश वितरण गर्न सक्छन्। 

    सिटिजन्स बैंकले यसपालि नगद लाभांश मात्र घोषणा गरेको छ। उसले ५.७९ प्रतिशत नगद दिने भनेको छ। तर पुँजी कोष अनुपात साँघुरिंदै गएका कारण बैंक तथा वित्तीय संस्थाले मन खोलेर नगद लाभांश दिने अवस्था भने छैन। अर्कातिर राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट काउन्टर साइक्लिकल बफर कायम गर्न निर्देशन दिइसकेको अवस्था छ। जसले गर्दा बैंकहरुले थप साढे २ प्रतिशत पुँजीकोष कायम गर्नुपर्छ। सोहीअन्तर्गत ०.५ प्रतिशत यही वर्ष थपिसक्नुपर्छ। यो व्यवस्था राष्ट्रियस्तरका विकास बैंकमा पनि लागू गरिएको छ।

    लघुवित्तको लाभांश दरमा भने ह्रास आउने निश्चित छ। राष्ट्र बैंकले लाभांश बाँड्न पाउने २० प्रतिशतको सीमालाई १५ प्रतिशतमा झारिदिएको छ। त्योभन्दा बढी बाँड्न जति बढी दिने हो त्यसको ९५ प्रतिशत विभिन्न कोषमा जम्मा गर्नुपर्छ। मर्जरमा गएका लघुवित्तले भने केही छुट पाउँछन्।   

    त्यसमाथि राष्ट्र बैंकले एकैपटक धेरै लाभांश स्वीकृत नगर्ने बताएको छ। गत वर्ष नेष्डो समृद्ध लघुवित्तले तोकिए बमोजिमका कोषमा रकम छुट्याउँदा पनि प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत गर्न अस्वीकार गरेको थियो। लघुवित्तले सुरमा ७३.६८ प्रतिशत लाभांश घोषणा गरेकामा राष्ट्र बैंकले १७.९ प्रतिशत मात्र वितरण गर्न अनुमति दिएको थियो।  

    बैंक तथा वित्तीय संस्थाबाहेक अन्य क्षेत्रका कम्पनीले भने लाभांश दसैंअघि नै खुवाउन सक्छन्। होटल, केही जलविद्युत कम्पनी र उत्पादन उद्योगका कम्पनीले दसैंअघि लाभांस दिन सक्ने अवस्था छ। लाभांश पारितका लागि ओरियन्टल होटलले असोज २५ गते साधारण सभा राखेको छ।

    सामूहिक लगानी कोषहरुले भने गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्न सुरु गरिसकेका छन्। १५ वटा योजनाले लाभांश घोषणा गरेकामा कतिपयले इकाइधनीको खातामा जम्मा गरिदिइसकेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend