२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

गाँजाको वैधता माग गर्दै आन्दोलित व्यवसायी


सञ्चार डबली
  • आइतबार, असोज ७ २०८०
  • 9.6K
    SHARES

  • images
    गाँजाको वैधता माग गर्दै आन्दोलित व्यवसायी

    काठमाडौं, ७ असोज । नेपाल फर्म व्यवसायी संघ र नेपाल गाँजा वैधानिक महाअभियान गाँजाको वैधता माग गर्दै आन्दोलनमा उत्रिएको छ । आइतबार काठमाडौंको माइतीघरमा उनीहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् । 

    विरोध प्रदर्शनमा सहभागीहरूले ‘गाँजा तत्काल वैध गर सरकार’, ‘घरघरमा रोजगार गाँजा नेपालको प्रथम व्यापार’, र ‘जनता होइन नेपालको जडीबुटीलाई बेच सरकार’ लगायतका ‘प्ले कार्ड’ प्रदर्शन गरेका थिए । 

    सर्वोच्च अदालतमा गाँजालाई वैधानिकता दिन माग गर्दै दायर भएको मुद्दाको सुनुवाई बारम्बार सरेपछि आफूहरू सडकमा उत्रिन बाध्य भएको संघका केन्द्रीय अध्यक्ष रिगेन्द्र गिरीले बताए । उनले भने, ‘गाँजा वैधानिक हुनुपर्छ भनेर हामीले सर्वोच्चमा मुद्दा दायर गरेका थियौं । त्यो मुद्दाको सुनुवाइ बारम्बार सरेपछि हामी सडक आन्दोलन आएको छौं ।’

    अध्यक्ष गिरीले गाँजाचरेस विभिन्न रोगको उपचार गर्न प्रयोग हुने भएकाले औषधी उपचारको लागि प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘चरेस भनेपछि मानिस नै डराउने अवस्था छ, तर सबैभन्दा ठूलो औषधी यही हो । गाँजाको डाँठबाट घर बनाउन सकिन्छ, जुन ३÷४ वर्ष टिक्छ । गाँजा व्यवसाय वैध गर्नुपर्छ, यो सबै औषधी उपचारको लागि प्रयोग गर्न पाउनुपर्छ भनेर आन्दोलनमा छौं ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend