२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नयाँ पुस्तालाई समेट्न पार्टीले नयाँ रणनीति बनाउनुपर्छ : विनोद चौधरी


सञ्चार डबली
  • आइतबार, असोज ७ २०८०
  • 9.7K
    SHARES

  • images
    नयाँ पुस्तालाई समेट्न पार्टीले नयाँ रणनीति बनाउनुपर्छ : विनोद चौधरी

    काठमाडौं, ७ असोज । पुराना ढर्राले नयाँ पुस्तालाई समेट्न नसकिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले बताएका छन् । आइतबार केन्द्रीय समितिको बैठकमा चौधरीले अबको निर्वाचनमा देशभित्रै २० लाख युवा मतदाता थपिने बताउँदै पुरानो ढर्राले उनीहरूलाई समेट्न नसकिने बताए ।

    उनले भने, ‘अबको निर्वाचनमा २० लाख युवा मतदाता थपिँदैछन् । अहिले सर्वोच्च अदालतको निर्देशनअनुसार विदेशमा रहेका नेपालीलाई पनि समेट्दा यो संख्या झण्डै ५० लाख हुन्छ । नयाँ सोच बोकेका, नयाँ दृष्टिकोण बोकेका, नेपाललाई एउटा विकसित राष्ट्र हेर्न खोजेका नेपालीलाई समेट्ने कांग्रेसको रणनीति के हो रु पुरानो पार्टीलाई पुरानै ढर्रामा चलाउँदा ती ५० लाखको नेतृत्व गर्न सक्छ कि सक्दैन ?’

    कांग्रेस नेता चौधरीले नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति नयाँ बनाउनुपर्ने बताए । पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । उनले पार्टीमा सङ्घर्ष गरेका, जेलनेल भोगेका नेताहरू सँगसँगै मुलुकलाई योगदान दिन सक्ने क्षमतावान् व्यक्तिहरूलाई पनि अवसर दिनुपर्ने बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend