२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नाइजेरियामा इन्धन डिपोमा आगलागी, ३४ जनाको मृत्यु


सञ्चार डबली
  • आइतबार, असोज ७ २०८०
  • 14.3K
    SHARES

  • images
    नाइजेरियामा इन्धन डिपोमा आगलागी, ३४ जनाको मृत्यु

     

    काठमाडौं, ७ असोज । नाइजेरिया सीमा नजिक बेनिनमा इन्धन डिपोमा आगलागी भएपछि विस्फोट भएको छ । यस दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् ।एक प्रतिबन्धित इन्धन डिपोमा आगो लागेपछि भएको विस्फोटले आकाशमा धुवाँको कालो बादल मडारिएको सरकारी अधिकारी र बासिन्दाले बताएका छन ।

    बेनिनका आन्तरिक मामिला मन्त्री अलासने सेइडोले सहरको एउटा इन्धन डिपोमा ठूलो आगलागी भएको जानकारी दिए । यद्यपी यो आगलागी कसरी भयो रु भन्ने बारे अझै जानकारी आएको छैन । यस दुर्घटनालाई दुर्भाग्यपूर्ण बताउँदै उनले आगलागीबाट दुई बालबालिकासहित ३४ जनाको ज्यान गएको पनि जानकारी दिएका छन । उनका अनुसार यस दुर्घटनामा २० जना घाइते भएको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको र धेरैको अवस्था चिन्ताजनक रहेको छ ।

    स्थानीय बासिन्दाहरूले बेनिन शहरको सेमे पोड्जीमा अबैध इन्धन डिपो सञ्चालन गरिरहेको जानकारी दिए। डिपोमा इन्धन भर्न मोटरसाइकल र तीन पाङ्ग्रे ट्याक्सी आएका थिए ।

    स्मरण रहोस, नाइजेरिया एक प्रमुख तेल उत्पादक अफ्रिकन देश हो र त्यहाँ भित्र र यसको सीमानामा इन्धनको तस्करी भइरहेको छ, जसका कारण अवैध रिफाइनरी, इन्धन डम्प र पाइपलाइनका कारण आगलागीका घटनाहरू भइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend