२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

गैरसरकारी संस्थाहरुलाई प्राथमिकताप्राप्त क्षेत्रमा परिचालन गर्न आवश्यक छ : मन्त्री आचार्य


सञ्चार डबली
  • शनिबार, असोज ६ २०८०
  • 12.5K
    SHARES

  • images
    गैरसरकारी संस्थाहरुलाई प्राथमिकताप्राप्त क्षेत्रमा परिचालन गर्न आवश्यक छ : मन्त्री आचार्य


    काठमाडौं, ६ असोज । गैरसरकारी संस्थाहरुलाई प्राथमिकताप्राप्त क्षेत्रमा परिचालन गर्ने सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न आवश्यक रहेको  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बताएका छन् । 

    समाज कल्याण परिषदद्वारा आयोजित ४४औं सामाजिक सेवा दिवस समारोहमा उनले गैरसरकारी संघ संस्थालाई प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गर्ने सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्दै सन् २०३० सम्म नेपाललाई समुन्तल राष्ट्र बनाउन गैरसरकारी संघ र सम्बन्धित मन्त्रालयलाई आग्रह गरे । 

    उनले भने, ‘गैरसरकारी संघ संस्थालाई प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गर्ने परिषद्बाट हुने अनुगमन एवम् मूल्याङ्कन कार्यलाई प्रभावकारी बनाउने अगाडि बढाउने ब्यहोरा आर्थिक वर्ष ०८०–८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख भएको छ । यसलाई कार्यान्वयन गर्दै सन् २०३० सम्म नेपाललाई समुन्नत राष्ट्र बनाउने दिगो विकासको लक्ष्यको आवधिक योजनाले तय गरेको रणनीति हासिल गर्ने गरी कार्यक्रम तर्जुमा गर्नुहुन गैर सरकारी संघ र मन्त्रालयलाई आग्रह गर्दछु ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend