२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एनआरएनए अध्यक्षका प्रत्याशी शर्माको विश्व दौडाहा जारी


सञ्चार डबली
  • शनिबार, असोज ६ २०८०
  • 8.9K
    SHARES

  • images
    एनआरएनए अध्यक्षका प्रत्याशी शर्माको विश्व दौडाहा जारी


    काठमाडौं, ६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार (आरके) शर्मा एक साताको अमेरिका र क्यानडा भ्रमणपछि कतार फर्केका छन् । गैरआवासीय अभियानमा अमेरिका क्षेत्रमा बस्ने अभियन्तासँग आफ्नो पक्षमा समर्थन जुटाउन र अध्यक्षका रूपमा अगाडि सार्नुपर्ने भावी कार्यक्रमको बारेमा सल्लाह र सुझाव लिन शर्मा अमेरिका क्षेत्रको भ्रमणमा निस्केका थिए ।

    अमेरिका भ्रमणपछि कर्मभूमि कतार आइपुग्दा शर्मालाई विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूले स्वागत गरेका छन् । शर्माले केही दिनभित्रमा आफ्नो स्पष्ट र योजना सहित अध्यक्षमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने जानकारी गराएका छन् ।

    २ वर्षे कार्यकालमा अध्यक्षमा निर्वाचित भएपछि गर्ने कामको योजना शर्माले उम्मेदवारी घोषणा सभामा गर्ने छन् । शर्माले एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएसँगै विश्वका करिब सबै क्षेत्रको भ्रमण गरेका छन् ।

    शर्माले विश्वका सबै क्षेत्रमा बस्ने नेपालीहरूसँग लिएको सल्लाह र सुझावको आधारमा आफ्ना कार्यक्रमहरू समेट्ने बताए । शर्मा एनआरएनए जापान, कोरिया, हङकङ, क्यानडा र अमेरिकाले गरेका विभिन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भएर कतार फर्किएका हुन् ।

    एशिया र अमेरिका क्षेत्रको भ्रमण पछि शर्माले उत्साहित हुँदै आफ्नो पक्षमा राम्रो माहोल बनेको र आफ्नो जित सुनिश्चित भएको बताएका छन् । अधिवेसन सम्पन्न भएका ५९ एनसिसी मध्य प्राय सबैमा आफै पुगेका शर्माको पक्षमा अहिले राम्रो माहोल बनेको उनको दावी छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend