२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अध्यक्ष ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन


सञ्चार डबली
  • शनिबार, असोज ६ २०८०
  • 8.4K
    SHARES

  • images
    अध्यक्ष ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन

     

    काठमाडौं, ६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीका कठोर दिनहरुको स्मरण गरेका छन् ।दोस्रो संविधानसभाबाट नयाँ संविधान निमार्ण भइरहेको बेला भारतले गरेको नाकाबन्दीको ओलीले स्मरण गरेका हुन् ।

    ओलीले ‘इतिहासमा आज’ भन्दै ती कष्टकर दिनको सम्झना गरेका छन् । ‘आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु । जीवनमा कतिपय दिन यस्ता हुन्छन्, तिनलाई कहिलै बिर्सिन सकिँदैन। अस्पतालमा अक्सिजन, औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्याँस लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो, इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं।’ ओलीले स्मरण गर्दै भनेका छन, ‘ देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब ६ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं ।’

    संविधान निमार्ण प्रति असन्तुष्ट भारतले गरेको नाकाबन्दीले सिंगो देश प्रभावित हुन पुगेको थियो । उनी अगाडी सम्झन्छन, ‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ। जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन।’ उनले सामाजिक सञ्जालबाट सोधेका छन, ‘तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend