२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगीगर्ने पक्राउ


सञ्चार डबली
  • शनिबार, असोज ६ २०८०
  • 6.3K
    SHARES

  • images
    मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगीगर्ने पक्राउ

     

    काठमाडौं, ६ असोज । उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीले डोटीको शिखर नगरपालिका–२ स्थायी घर भई काठमाडौं महानगरपालिका–३० सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्राउ गरेको हो।

    आरोपी धनबहादुरले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भनी ३ लाख रुपैयाँ ठगेको आरोप छ।मलेसिया जान ३ लाख रुपैयाँ लाग्ने र मलेसिया पुगेपछि प्याकिङमा काम गरेर मासिक ६० हजार रुपैयाँभन्दा धेरै तलब हुने भनी विश्वास दिलाई प्रलोभनमा पारी ठगी गरिएको पीडितको गुनासो छ।

    आरोपी धनबहादुरले रकम लिई सम्पर्कविहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा उनलाई सेतोपुललबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend