२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आन्दोलनमा शिक्षकहरूको नाचगान (तस्बिरहरू)


सञ्चार डबली
  • शुक्रबार, असोज ५ २०८०
  • 11.2K
    SHARES

  • images
    आन्दोलनमा शिक्षकहरूको नाचगान (तस्बिरहरू)

    शिक्षा विधेयकविरूद्ध आज पनि शिक्षकहरूले आन्दोलन गरेका छन्। उनीहरूले आज पनि काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म आन्दोलन गरिरहेका छन्।

    आन्दोलन गर्दै बानेश्वर पुगेका कोही शिक्षकहरू भने नाचगानमा व्यस्त देखिन्छन्। समूह-समूह बनाएर शिक्षकहरू नाच्दै गाउँदै गरिरहेका छन्।

    शिक्षकहरूको आन्दोलनलाई विद्यार्थी संगठनले पनि ऐक्यवद्धता जनाएको छ। शिक्षकहरूको जायज माग पूरा गर भन्दै उनीहरूले माग गरेका छन्।

    बिहीबार साँझ आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता भए पनि वार्ता बिनानिश्कर्ष टुंगिएको थियो। वार्ता आज पनि बस्ने भनिएको छ।

    शिक्षकहरूले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै अनिश्चितकालीन आन्दोलन सुरू गरेका हुन्।

    बुधबारदेखि सुरू भएको आन्‍दोलन आफ्नो माग पूरा नभएसम्म जारी राख्ने बताएका छन्। शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै उनीहरूले आन्दोलन गरेका हुन्।

    381172115_783876356601829_3844851410594380465_n.jpg
    undefined

    381157316_296164399815894_6872776295166024457_n.jpg381221215_328758739525284_4789114736379705384_n.jpg381188494_271509992369449_7374336495018921592_n.jpg

    Screenshot 2023-09-22 145751.png
    undefined

    Screenshot 2023-09-22 145640.pngScreenshot 2023-09-22 145735.pngScreenshot 2023-09-22 145706.png

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend