२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

वैद्य निकट ११ जना शिक्षक पक्राउ


सञ्चार डबली
  • शुक्रबार, असोज ५ २०८०
  • 9.1K
    SHARES

  • images
    वैद्य निकट ११ जना शिक्षक पक्राउ

    काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलनका क्रममा वैद्य निकट विद्यार्थी संगठनका ११ जना कार्यकर्ता पक्राउ परेका छन् । निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले गरिरहेको आन्दोलनमा वैद्यनिकट विद्यार्थीहरु सहभागी भएका थिए । शान्तिपूर्ण आन्दोलन भइरहँदा उनीहरुले प्रहरीलाई घेरा तोडेर सिंहदरबारको दक्षिण गेटभित्र प्रवेश गरेका हुन् । प्रहरीले पक्राउ गरी उनीहरुले नारावाजी गरेका थिए ।

    यसैबीच, प्रहरीले आन्दोलनको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीलाई दुव्र्यवहार र हातपात गरेका छन् । सिंहदरबारभित्र वैद्य माओवादीका विद्यार्थीहरुलाई धरपकड गरिएको दृष्य खिच्ने क्रममा नेपाल प्रेसका क्यामरापर्सन उमेश कार्कीलाई पनि उनीहरुले हातपात गरे ।

    कार्कीले आफूसँग भएको सरकारी परिचयपत्र देखाउँदा देखाउँदै पनि प्रहरीले धाकधम्की दिनुका साथै मुक्का प्रहार गरेको बताएका छन् ।

    aando.JPG

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend