२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अर्थमन्त्री : अर्थतन्त्र सुधारमा निक्षेप तथा कर्जा सुरक्षा कोषको भूमिका महत्वपूर्ण


सञ्चार डबली
  • शुक्रबार, असोज ५ २०८०
  • 8.1K
    SHARES

  • images
    अर्थमन्त्री : अर्थतन्त्र सुधारमा निक्षेप तथा कर्जा सुरक्षा कोषको भूमिका महत्वपूर्ण

    अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बदल्न निक्षेप तथा कर्जा सुरक्षा कोषले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्। कोषको ५० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भने, ‘यसका लागि निजीक्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनुपर्छ।’

    मन्त्री महतले अर्थतन्त्रमा समस्या भए पनि ती विस्तारै कम हुँदै गएको बताए। ‘समस्या सम्बोधनका लागि सरकारले सहजीकरण गर्ने काममा कमी हुन दिने छैन। सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन्, घटिसकेका छन्।’

    उनले भने, ‘पर्यटक आगमन बढिरहेको छ। विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको छ। अर्थतन्त्रमा रिसोर्स आइरहेको छ तर चलायमान भएको छैन’ उनले भने, ‘हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ। अर्थतन्त्र खत्तम छ, अहिले खर्च गर्न ठीक समय होइन, लगानी नगरौं। बैंकले लगानी नगरुन्, पैसा थुपारुन्, राखुन् भन्ने जुन नकारात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ।’

    ‘अब अर्थतन्त्रमा रिसोर्स छ, यो चलायमान हुँदा आर्थिक गतिविधि बढ्छ’, मन्त्री महतले भने, ‘आर्थिक गतिविधि बढ्दा रोजगारी पनि बढ्छ। राजस्वमा परेको दबाब अन्त्य हुन्छ। राजस्वमा दबाब कम भयो भने अपेक्षाअनुसारको लगानी बढ्छ।’

    चार करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ। करिब १७ लाख ऋणीलाई कोषले सुरक्षा दिइरहेको मन्त्री महतले बताए। ‘यसको पहुँच बिस्तार भइरहेको छ। साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ। लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दूरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्यक्षेत्र विस्तार गरेको छ,’ उनले भने ‘सरकारले विभिन्न समयमा ल्याएको कृषि अगुवा सूचना, वैदेशिक रोजगार, स्टार्टअप रोजगार जस्ता कार्यक्रमलाई यसले सेवा बिस्तार गरेको छ,’ मन्त्री डा. महतले भने, ‘जब हामी लगानी गर्छौं, अवश्य पनि जोखिम हुन्छ। त्यो जोखिमलाई न्यून गर्ने विभिन्न तरिका त्यसमा कर्जा सुरक्षा कोषको भूमिका महत्वपूर्ण हुन्छ। साना उद्यमी व्यवसायीको जोखिम जति न्यून गर्न सकियो, त्यत्ति धेरै अर्थतन्त्र चलायमान हुन्छ, रोजगारी सिर्जना गर्छ।’

    मन्त्री महतले भने, ‘साना साना कर्जा प्रवाह हुन्छन्, साना साना उद्योग स्थापना हुन्छन्। त्यसले ज्यादा रोजगारी सिर्जना हुन्छ। छरिएर रहेका व्यवसायले धेरै रोजगारी सिर्जना गर्छ। यो रोजगारी आम सर्वसाधारणले प्राप्त गर्छन्।’

    ‘यो परिवर्तनको समय हो, प्रविधिको नयाँनयाँ विकास भइरहेको छ। हामीले डिजिटल एकाउन्टिङको कुरा गरिरहेका छौं। आइटीमा जुन क्रान्ति आएको छ, त्यसले ट्रान्जेक्सनको कस्ट घटाएको छ’ मन्त्री डा. महतले भने, ‘यसलाई हामीले ग्रहण गर्न जरुरी छ। कर्जा सुरक्षा कोषले यो काममा अग्रणी भूमिका खेल्ने छ। यसले उच्च व्यावसायिकताका आधारमा काम गर्छ भन्ने विश्वास सरकारले लिएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend