२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बाँकेको बालसुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु, १० जना घाइते


सञ्चार डबली
  • शुक्रबार, असोज ५ २०८०
  • 8.9K
    SHARES

  • images
    बाँकेको बालसुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु, १० जना घाइते

    बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तु घर भएका १८ वर्षका सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

    मृतक केसी बालसुधार गृहमा अदालतबाट जेल सजाय भएर २०७९ असार १० गते आएका थिए। उनी अपहरण, शरीरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए।

    प्रहरीका अनुसार गयराति बालसुधार गृह भित्रै दुई समूहबीच झैझगडा भएको थियो। सोही क्रममा कुटपिटको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।  

    झडपमा १० जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था सामान्य रहेको र अन्य ६ जना मध्यम घाइते भएका छन्। घाइते सबैको उपचार नर्सिङ होम नेपालगन्जमा उपचार भइरहेको छ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend