२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक, अब ग्राहकहरूले थप केके सुविधा पाउलान् ?


सञ्चार डबली
  • बिहीबार , असोज ४ २०८०
  • 12.0K
    SHARES

  • images
    एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक, अब ग्राहकहरूले थप केके सुविधा पाउलान् ?

    बिहिवार, आश्विन ४ २०८०
    काठमाडौँ र एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरूको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले लिएको छ । 

    को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यकाभित्र रहेका बुद्ध एयरका तीन काउन्टरहरू, एयरपोर्ट, सिनामङ्गल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन् । यसको साथै ग्राहकहरूले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लान सक्नेछन् । 

    एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरूलाई शत प्रतिशत भाडा (१०० प्रतिशत क्यास ब्याक) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरूलाई प्रदान गरिएको छ । 

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १४६ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend