२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

शिक्षकका मागको सुनुवाइमा सरकार गम्भी हुनुपर्छ : नैनसिंह महर


सञ्चार डबली
  • बिहीबार , असोज ४ २०८०
  • 9.9K
    SHARES

  • images
    शिक्षकका मागको सुनुवाइमा सरकार गम्भी हुनुपर्छ : नैनसिंह महर


    काठमाडौं, ४ असोज । दुई दिनदेखि काठमाडौंमा शिक्षकहरूले चर्काएको आन्दोलनको विषय नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश गरेको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षकहरूका मागको सुनुवाइमा सरकार गम्भी हुनुपर्ने बताएका छन्।

    ‘शिक्षकहरूको आन्दोलनप्रति हामीले ख्याल गर्नुपर्छ। विद्यालय शिक्षा विधेयकबारे प्रश्न उठेका छन्। सरकारले यअसघि कबुल गरेका केही विषय विधेयकमा समावेश छैनन्। शिक्षकहरूले संविधानबाहिरका कुरा उठाएका छैनन्। संविधानलाई क्रस गर्ने गरी माग राखेका छैनन्। यस्तोमा कांग्रेसले रमिता हेरेर बस्न मिल्दैन,’ उनले भने।

    महरले दुई दिनदेखि आन्दोलन भइरहेको बताउँदै यसबारे सत्तामा रहेका कारण कांग्रेसले गम्भीर भएर सुनुवाइको पहल गर्नुपर्ने बताएका छन्।

    त्यसैगरी अर्की केन्द्रीय सदस्य प्रतिमा गौतमले आन्दोलित शिक्षकहरुका माग अहिलेको सरकारले सुनेर पूरा गरिदिनुपर्ने बताइन्। अहिलेको निराशालाई कसरी चिरेर अघि बढ्ने भन्ने योजना कांग्रेसलाई चाहिएको पनि उनले बैठकमा बताइन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend