२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

विदेश पठाइदिन्छु भनेर ठगी गर्ने म्यानपावरको लाइसेन्स खारेज


सञ्चार डबली
  • बिहीबार , असोज ४ २०८०
  • 9.2K
    SHARES

  • images
    विदेश पठाइदिन्छु भनेर ठगी गर्ने म्यानपावरको लाइसेन्स खारेज

     


    काठमाडौं, ४ असोज । वैदेशिक रोजगार विभागले विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा विस एचआर सलुसन नामको म्यानपावर कम्पनीका सञ्चालकसहित पाँच जनाविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।

    विदेश पठाइदिन्छु भनी रकम लिएका ४३ जनालाई विदेश नपठाइ ठगी गरेको आरोपमा विभागले विस एचआर सलुसन, यसका सञ्चालक तुलसी प्रसाद श्रेष्ठ, अमृत श्रेष्ठ, लालबहादुर श्रेष्ठ र कर्मचारी फणिन्द्र कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो ।

    उनीहरुसँग पीडितले तिरेको रकम र हर्जना रकमसमेत गरी ३ करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ बिगो माग गरिएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।म्यानपावर सञ्चालक र कर्मचारीले विदेश पठाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग १ लाखदेखि ४० लाख रुपैयाँसम्म ठगी गरेको विभागले जनाएको छ ।

    विभागले म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गर्न र पीडितबाट लिएको रकम र उक्त रकमको ५० प्रतिशत हर्जना रकम थप गरेर फिर्ता गर्न मागदाबी गरेको छ । त्यस्तै प्रतिवादीहरुलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय पनि माग दाबी गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend