२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको टोली सार्वजनिक, को-को परे ?


सञ्चार डबली
  • बिहीबार , असोज ४ २०८०
  • 11.4K
    SHARES

  • images
    प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको टोली सार्वजनिक, को-को परे ?

     

    काठमाडौं, ४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा जाने टोली सार्वजनिक गरिएको छ । हाल प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणमा छन्।चिनियाँ सहर हाङ्जाओमा आयोजित १९औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको यही असोज ६ गते हुने उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कबाट सीधै चीन पुग्दै छन्।

    यसअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग दुईपटक भेटवार्ता गर्ने अनुमान गरिएपनि प्रधानमन्त्री र त्यहाँका राष्ट्रपति सी चिनफिङबीच एकपटक मात्र हुने भएको हो। परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री प्रचण्डको भेट हाङ्जाओमा मात्र हुनेछ।त्यसपछि प्रचण्ड चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने छन्। बेइजिङमा उनले चिनियाँ समकक्षी ली छिन, राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

    परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बेइजिङमा राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्डबीच बेइजिङमा भेटवार्ता हुने उल्लेख छैन। भ्रमण एक हप्ता लामो हुने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ। मन्त्रालयका अनुसार प्रचण्डले बेइजिङका अलावा चोङकिङ सहर र तिब्बतको ल्हासा पनि भ्रमण गर्नेछन्। चोङकिङ महानगरले कृषि र उद्योगको क्षेत्रमा गरेको विकास र प्रगतिको उनले अवलोकन गर्नेछन्।३० असोजमा उनी ल्हासाबाट काठमाडौँ आइपुग्नेछन्।

    यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमणको टोली

    प्रधानमन्त्रीको भ्रमण दलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ रहनेछन्। प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण चिनियाँ समकक्षी ली छिनको निमन्त्रणामा हुन लागेको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend