२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

न्युयोर्कमा रहेका गैरआवासीय नेपाली समुदायसँग प्रधानमन्त्री दाहालले गरे छलफल


सञ्चार डबली
  • बिहीबार , असोज ४ २०८०
  • 7.7K
    SHARES

  • images
    न्युयोर्कमा रहेका गैरआवासीय नेपाली समुदायसँग प्रधानमन्त्री दाहालले गरे छलफल

     

    काठमाडौं, ४ असोज । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघ मुख्यालय न्युयोर्क गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली समुदाय,व्यवसायी तथा विज्ञसँग छलफल गरेका छन् ।

    नेपाली प्रतिनिधिमण्डलको स्वागत् तथा सम्मानमा नेपाली महावाणिज्यदूतावासले न्युयोर्कमा आयोजनामा गरेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली समुदाय, व्यवसायी तथा विज्ञसंग प्रधानमन्त्री दाहालले विविध विषयमा छलफल गरेका हुन् ।

    ‘दाहालले महामारी रोकथाम,तयारी र प्रतिक्रिया’ विषयक छलफललाई सम्बोधन गरेका हन् । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दाहालसँग परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलगायतको टोली न्यूयोर्कमा छन् ।प्रधानमन्त्री प्रचण्डले आज महासभालाई सम्बोधन गर्दैै छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend