२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

विदेशमा रहेका नेपालीलाई स्वदेशमै उद्यमी बनाउन लाग्नेछु : आरके शर्मा


सञ्चार डबली
  • बिहीबार , असोज ४ २०८०
  • 8.0K
    SHARES

  • images
    विदेशमा रहेका नेपालीलाई स्वदेशमै उद्यमी बनाउन लाग्नेछु : आरके शर्मा

     

    काठमाडौं, ४ असोज । गैर आवासिय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागी अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार (आरके) शर्माले विदेशमा रहेका लाखौं नेपालीहरुलाई स्वदेशमै उद्यमी बनाउने योजना सार्वजनिक गरेका छन ।

    एनआरएनए अमेरिका बाल्टिमोर च्याप्टरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विदेशमा श्रम गरिरहेका लाखौं नेपालीलाई सके उद्यमी बनाउने नसके उनीहरुको आर्थिक अबस्था उन्नत गर्न सामुहिक रुपमा नेपाल सरकारलाई ग्यारेन्टी हुने गरी लगानी गरेर उनीहरुको आर्थिक अबस्था र भविश्यको सुनिश्चित गर्ने बताए ।

    अहिलेसम्म विदेशमा मेहनत गरेर केही व्यक्ति उद्यमी बन्न सक्नु पनि ठुलो उपलब्धी भएको बताउँदै उनले भने, ‘विदेशमा रहेका लाखौं नेपाली दाजुभाई दिदि बहिनिलाई सके उद्यमी बनाउने नसके उनीहरुको आर्थिक अबस्थालाई उनीहरुले नै दुख गरेर कमाएको रकमबाट आर्थिक अबस्था समुन्नत गराउन सामुहिक लगानी र प्राधिकरणमार्फत सरकारलाई ग्यारेन्टी राखेर सरकारलाई पनि फाईदा पुग्ने र उनीहरुको भविश्य सुरक्षित रहने गरि योजना बनाउन ढिला भैसकेको छ, अबको पहिलो काम नै यही हुनुपर्छ ।’

    वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले आगामी अक्टोबरमा हुन लागेको गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को ११ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट आगामी कार्यकालका लागी अध्यक्ष पदमा उमेदवारी दिएका हुन ।

    जापान, कोरिया, हङकङ, क्यानडा पछि युएसएको स्थलगत भेटघाट कार्यक्रममा पुगेका शर्माले भ्रमणवाट आफू एकदम उत्साहित भएको बताए । उनले आफ्नो नेतृत्वलाई विश्वले स्विकारेकाले आफ्नो जित सुनिश्चित भएको जनाउदै आफू यस अभियानमा आमुल परिवर्तन गराउने ऊद्देश्य बोकेर आएकाले आफ्नो अभियानलाई समर्थन गर्न विश्वमा रहेका गैरआवासीय नेपालीहरु र अभियन्ताहरुलाई अनुरोधसमेत गरेका छन ।यन्स लिगको यात्रामा ६ बर्ष पछि शुभ सुरुवात गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend