२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

माइतीघरमा हाजिर हुन शिक्षकहरूलाई काठमाडौं महानगरभित्रका प्रअहरूको अनुरोध


सञ्चार डबली
  • बुधबार, असोज ३ २०८०
  • 14.3K
    SHARES

  • images
    माइतीघरमा हाजिर हुन  शिक्षकहरूलाई काठमाडौं महानगरभित्रका प्रअहरूको अनुरोध

    काठमाडौँ - काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै बिहीबारदेखि विद्यालय बन्द गरी विद्यालय शिक्षा विधेयक, २०८० विरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । 

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालय बन्द नगर्न आग्रह गरेको केही समयपछि महानगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको विज्ञप्ति सार्वजनिक भएको हो ।

    प्रधानाध्यापकहरूले सबै शिक्षकहरूलाई माइतीघर मण्डलामा नियमित हाजिर हुन पनि भनेका छन् । 'शिक्षा विधेयक खारेजीका लागि नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरी देशैभरीका विद्यालय अनिश्चित रूपमा बन्द गरी सशक्त आन्दोलनमा जाने भनि सुरु गरेको कार्यक्रमहरूलाई समर्थन गर्दै अर्को सूचना जारी नभएसम्मका लागि काठमाडौं महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको बैठकले निर्णय गरेकाले माइतिघर मण्डलमा नियमित हाजिर हुनेगरी सम्पूर्ण शिक्षक कर्मचारीहरू उपस्थित हुन अनुरोध गर्दै यो प्रेस विज्ञप्ति जारी गरिएको छ,' प्रधानाध्यापकहरूको विज्ञप्तिमा भनिएको छ ।

    आन्दोलनका क्रममा विद्यार्थीमा पर्ने शैक्षिक क्षतिको पूर्ति आगामी दिनमा बिदाका दिन पठनपाठन गरेर गरिने पनि प्रधानाध्यापकहरूको विज्ञप्तिमा उल्लेख छ ।

    शिक्षा विधेयकमा आफ्नो पनि असहमति रहेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले लगभग २ लाख ५० हजार हजार विद्यार्थीको पठनपाठनमा अवरोध नपुर्‍याउन आग्रह गरेका छन् । उनले शिक्षकले स्कुल बन्द गरेर पठनपाठन मा अवरोध पुर्‍याउनेहरूललाई कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिएका छन् । काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी कोइरालाले विद्यालय बन्द गरिए कानुन अनुसार कारबाही गरिने भन्दै सूचना जारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend