२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

विद्यालय बन्द गरेर आन्दोलन गरे शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरले दियो चेतावनी


सञ्चार डबली
  • बुधबार, असोज ३ २०८०
  • 9.4K
    SHARES

  • images
    विद्यालय बन्द गरेर आन्दोलन गरे शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरले दियो चेतावनी

     

    काठमाडौं, ३ असोज । प्रतिनिधिसभामा दर्ता भएको शिक्षा विधेयकको विरुद्ध देशभरका शिक्षकहरु काठमाडौं आएर आन्दोलनमा उत्रिएका छन् । तर, काठमाडौं महानगरपालिकाले भने विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

    विद्यालय बन्द गर्ने र गर्न बाध्य बनाएर विद्यार्थीको पढ्न पाउने अधिकार हनन् गर्नेलाई कारबाही गर्ने चेतावनी दिँदै महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘सामूहिक सौदाबाजीका माग राख्ने र पुरा गर्ने आफ्नै विधि, प्रक्रिया र पद्धति हुन्छन् । कोरोनाले प्रभावित भएको शिक्षा क्षेत्र सुधारोन्मुख रहेका बखत विद्यालय बन्द गरेर पुनः शैक्षिक क्षति गर्नु शिक्षकको नैतिकता र आचरणले दिँदैन ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend