२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

संविधान अनुसार आवश्यक नयाँ कानून निर्माण गर्न नसक्नु नै मुख्य चुनौति : ईश्वर पोखरेल


सञ्चार डबली
  • बुधबार, असोज ३ २०८०
  • 8.2K
    SHARES

  • images
    संविधान अनुसार आवश्यक नयाँ कानून निर्माण गर्न नसक्नु नै मुख्य चुनौति : ईश्वर पोखरेल

     

    काठमाडौं, ३ असोज । संविधानको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक कानून निर्माण गर्न नसक्नु नै मुख्य चुनौति भएको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् ।

    संविधान दिवसको उपलक्ष्यमा जनकपुरधामस्थित जानकी मन्दिर अगाडि रहेको बागवानीमा राष्ट्रिय झण्डाको अनावरण गर्न जनकपुर पुगेका पोखरेलले कानून निर्माणमै चुनौति देखिएको बताएका हुन् ।

    पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयनका लागि संविधान अनुसार आवश्यक नयाँ कानून निर्माण गर्न नसक्नु नै चुनौति भएको उल्लेख गर्दै कानून र संरचना निर्माण गर्नु पर्नेमा जोड दिए ।

    ‘सबैभन्दा चुनौतिको कुरा के हो भने संविधान त जारी गर्यौ, त्यसलाई कार्यान्वयन गर्नको लागि हामीसंग पहिलो कुरा कानूनको आवश्यकता पर्छ । नयाँ संविधान अनुरुप कानून बनाउन पर्यो । त्यो बनाएर मात्रै होइन संरचनाहरु बनाउन पर्यो। धेरै समय हाम्रो यसबीचमा बितेको छ । कतिपय कानूनहरु अझै बनाउन बाँकी छ र संरचनाहरु पनि बनाउन पर्छ । तब मात्रै हामीले संविधान प्रभावकारी बनाउने कानून बनाउन सक्छौ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend