२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सूर्यविनायक–रत्नपार्क द्रुत बस आजदेखि सञ्चालन


सञ्चार डबली
  • बुधबार, असोज ३ २०८०
  • 9.9K
    SHARES

  • images
    सूर्यविनायक–रत्नपार्क द्रुत बस आजदेखि सञ्चालन

     

    काठमाडौं, ३ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आजदेखि ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन गरेका छन् । आज द्रुत सार्वजनिक बस सेवाको उद्घाटन गर्दै उनले हाल सूर्यविनायकदेखि रत्नपार्क पुग्न ४५ मिनेट लाग्ने उल्लेख गर्दै त्यसलाई थप सुधार र व्यवस्थित गरी आधा घण्टामै सूर्यविनायकदेखि रत्नपार्क पुग्ने व्यवस्था गर्ने बताएका छन् ।

    मन्त्री ज्वालाले भने, ‘सूर्यविनायकदेखि रत्नपार्कसम्म आउने र जाने समय अहिले करिब दुई घण्टा लाग्छ । पहिलो पटक यसलाई हामी ४५ मिनेटमा झार्छौं । अझै व्यवस्थित र सुधारहरू गर्दै जाँदा आधा घण्टामा रत्नपार्कसम्ममा समय निर्धारण हुनेगरी हामी यसलाई व्यवस्थित गर्दै छौं ।’

    मन्त्री ज्वालाले सूर्यविनायकबाट अगाडि बनेपा–धुलिखेलसम्म नै दु्रत बस सेवा विस्तार गर्ने प्रतिबद्धता गरेका छन् । उनले भने, ‘सूर्यविनायकदेखि अगाडि पनि विस्तार गर्दैै जान्छौं । बनेपा–धुलिखेलसम्म पनि यसलाई विस्तार गर्ने छौं ।’

    यो सेवा सुरूमा २५ वटा बसबाट सुरू गरिनेछ । यो बस गुड्नका लागि अहिले सरकारले सडकका दुबै भागमा छुट्टै लेन बनाइसकेको छ । छुट्टै लेन ९रातो रङले छुट्टयाइएको० छ । सोही लेनबाट सेवा सञ्चालन हुनेछ । आज उद्घाटन गरिए पनि यात्रुहरूले भोलिदेखि मात्रै सेवा उपयोग गर्न पाउनेछन् ।

    यातायात व्यवस्था विभागले द्रुत सेवाअन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने जानकारी गराएको छ । त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ । यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने बताइएको छ ।

    मन्त्री ज्वालाले यातायात क्षेत्रमा सुशासन कायम गर्न अनलाइन प्रणालीबाट सेवा सुरुवातको थालनी गण्डकी प्रदेशबाट गरेको उल्लेख गर्दै त्यसलाई यही असोज १५ गतेभित्र बागमतीमा विस्तार गर्नेसमेत बताए ।‘अब दोस्रो पटक केही दिन १५ गते भित्र नै यो बागमती प्रदेशमा पनि अनलाइन सेवा सुरु गर्दैछौं । र यो महिनाभरी कमसेकम देशभरी अनलाइन सिस्टम सुरु गर्ने अनलाइन पेमेन्ट प्रारम्भ गर्ने गरी अगाडि बढाउने गरी हामी काम गरिरहेका छौं,’ मन्त्री ज्वालाले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend