२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आयरल्याण्डमा सभामुख घिमिरेको भेटघाट सुरु, सिनेट अध्यक्षसँग भेट


सञ्चार डबली
  • बुधबार, असोज ३ २०८०
  • 8.6K
    SHARES

  • images
    आयरल्याण्डमा सभामुख घिमिरेको भेटघाट सुरु, सिनेट अध्यक्षसँग भेट

     

    काठमाडौं, ३ असोज । साता लामो आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले द्विपक्षीय भेटघाट सुरु गरेका छन् । मंगलबार साँझ माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग उनले शिष्टाचार भेट गरेका छन् ।

    भेटमा दुई देशबीच संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए । उनका अनुसार भेटमा सभामुख घिमिरेले दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २४ वर्षमा उच्चस्तरीय भ्रमण, सहयोग आदान प्रदान लगायतका काम भएको स्मरण गरेका थिए ।

    सभामुख घिमिरेले विगत केही वर्षयता नेपाल र आयरल्याण्डबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए । उनले सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ट बनाएको उल्लेख गरेका थिए ।

    सिनड एरियनका अध्यक्ष जेरी बटाइमरले संसदीय आदानप्रदानलाई दुवै देशले महत्वका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षा परिषदमा नेपालले आयरल्याण्डलाई समर्थन गरेकोमा धन्यवाद दिएका थिए । नेपालको शिक्षा तथा पर्यटनका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको अध्यक्ष बटाइमरले जानकारी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend