२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्सेमा देखियो हाइड्रो सेक्टरमा आकर्षण, लगानीकर्ता भन्छन,'खोला थुनेर सुकाउँछु भन्दा हुन्छ र?'


सञ्चार डबली
  • बुधबार, असोज ३ २०८०
  • 8.5K
    SHARES

  • images
    नेप्सेमा देखियो हाइड्रो सेक्टरमा आकर्षण, लगानीकर्ता भन्छन,'खोला थुनेर सुकाउँछु भन्दा हुन्छ र?'

    मंगलबार नेप्से १६.२४ (०.८२%) अंकले बढेको छ । त्यसमा हाइड्रोपावर सेक्टरमा सर्वाधिक आकर्षण देखिएको छ । आज हाइड्रो सेक्टर ३.२१ प्रतिशतले बढेको छ । जम्मा १६.२४ अङ्क बढेको नेप्सेमा एक दर्जन धेरै हाइड्रोपावर कम्पनीहरु ८ देखि १० प्रतिशतले बढेका छन् । पछिल्लो समय लगानीकर्तामा कम रुचि देखिएको हाइड्रोपावर कम्पनीहरुमा आज चमक देखिएको हो ।

    लामो समय देखि शेयर बजारमा रहेका भेट्रान लगानीकर्ता समेत भनेर चिनिने बिवेक रिमाल भन्छन्, 'यो वर्ष अन्य सेक्टरमा लाभांस दिने कम्पनीहरु विगत भन्दा कम छन् । त्यसैले 'क्यापिटल गेन' छिटो हुने कम पुँजी भएका हाइड्रोका कम्पनीमा लगानीकर्ताको आकर्षण छिटो बढेको हो ।' सधैं लाभांशको सिजनमा कम र हिउँदमा बढी चल्ने हाइड्रोपावर कम्पनीहरु यो वर्ष छिटो चल्ने रिमाल दाबी गर्छन् । उनले 'हाइड्रो सकियो, सय भन्दा मुनि आउँछ' भन्दै प्यानिक बनाउँनेहरु नै अहिले हाइड्रो कम्पनीका सेयर किन्न थालेका बताउँछन् । रिमालले भने, 'खोलालाई केही समय थुन्न सकिएला तर लामो समय सकिदैन, त्यसैले अब हाइड्रोका कम्पनीमा सर्किट लाग्ने दिन शुरू भए ।'

    अर्का पुराना लगानीकर्ता उपेन्द्र पाठकको भने हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिनुमा फरक धारणा राख्छन् । पाठक भन्छन्, धितोपत्र बोर्डले हाइड्रोका प्रमोटरको लकिङ, राइट सेयर तथा कम्पनीको नेटवर्थको विषयमा नयाँ निर्णय गर्दैछ । प्रमोटर लकिंग कसरी खुलाउने, प्रमोटरले एकैपटक सेयर बिक्री गर्न पाउने/नपाउँने र जुनपायो त्यही कम्पनीलाई राइट सेयर निश्काशन गर्न दिने/नदिने भन्ने बारे धितोपत्र बोर्ड नियम परिवर्तन गराउन अघि बढेको हुनाले लगानीकर्ताहरुमा हाइड्रोका कम्पनी रोजाइमा पर्न थालेको बताउँछन् । उनले अहिले हाइड्रोपावरका कम्पनीको मूल्य धेरै सस्तो भएकाले पनि हाइड्रोमा आकर्षण बढ्नु स्वाभाविक रहेको बताए ।

    ठूला लगानीकर्ता समेत भनेर चिनिने कालु गुरुङले पनि खेल्न जान्ने सेयर लगानीकर्ताका लागि हाइड्रोपावरका कम्पनीहरु पहिले रोजाइमा पर्ने बताए । कम कित्ता हुँनाले सप्लाई नआउनु, बढेको बेला छिट्टै सर्किट लाग्नु, छोटो समयमै धेरै क्यापिटल गेन कमाउन सकिने हुनाले खेल्न जान्ने र सक्ने लगानीकर्ताको लागि नेपालको सेयर बजारमा हाइड्रो पावरका कम्पनीहरु पहिलो रोजाइमा पर्ने गरेको गुरुङ बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend