२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

वर्तमान संविधानको पूर्ण पालना र कार्यान्वयनका लागि सबै एकताबद्ध हुन जरुरी छ : कार्यवाहक प्रधानमन्त्री


सञ्चार डबली
  • बुधबार, असोज ३ २०८०
  • 10.2K
    SHARES

  • images
    वर्तमान संविधानको पूर्ण पालना र कार्यान्वयनका लागि सबै एकताबद्ध हुन जरुरी छ : कार्यवाहक प्रधानमन्त्री

     

    काठमाडौं, ३ असोज । वर्तमान संविधानको पूर्ण पालना र कार्यान्वयनका लागि सबै एकताबद्ध हुन जरुरी भएको कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । आज संविधान दिवस, २०८० को अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा शुभकामना दिदै उनले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताएका हुन् ।

    उनले संविधानले नेपाली जनतालाई सार्वभौमसक्ता सम्पन्न बनाउनुका साथै नागरिकहरुको राजनीतिक,सामाजिक, तथा आर्थिक अधिकारलाई पूर्णतह संरक्षण गरेको र त्यसको कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले संविधानको पूर्ण कार्यान्वयनमा सबै एक भएर लाग्नुपर्ने आवश्यकता भएको बताए ।

    उनले भने, ‘यो संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मूलुकका रुपमा स्थापित गरेको छ । यसले संविधानमा अभिव्यक्त नेपाली जनताको चाहना बमोजिम मूलुकमा जनउत्तरदायी एवं जनमुखी साशन व्यवस्था स्थापना तथा सञ्चालनमा हामी दृढ संकल्पित छौ । यो संविधानको पूर्ण परिपालना र कार्यान्वयनमा हाज हामी सबै एकताबद्ध हुन जरुरी छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend