२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपालको भविष्यको गोरेटो हो वर्तमान संविधान : अध्यक्ष ओली


सञ्चार डबली
  • बुधबार, असोज ३ २०८०
  • 9.6K
    SHARES

  • images
    नेपालको भविष्यको गोरेटो हो वर्तमान संविधान : अध्यक्ष ओली

     

    काठमाडौं, ३ असोज । संविधान दिवस नेपाली जनताको साझा उपलब्धि र गौरवको साझा दिवस रहेको भन्दै वर्तमान संविधान नै नेपाली जनताको भविष्यको गोरेटो भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

    आज संविधान दिवस (राष्ट्रिय दिवस) २०८० को विशेष अवसरमा एमालेद्वारा नक्साल नारायण चौरमा आयोजित ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रममा ओलीले राष्ट्रिय दिवसको रुपमा मनाइँदै गरेको संविधान नेपाल र नेपाली जनताको उपलब्धि भएको बताएका छन् ।

    उनले भने, ‘जसरी राष्ट्रिय दिवसको रुपमा संविधान मनाइँरहेका छौ । यो सरकारी दिवस होइन यो त सरकारको पनि दिवस हो,आम नेपाली जनताको दिवस हो । नेपालको उपलब्धि हो । नेपाली जनताको उपलब्धि हो । नेपालको भविष्यको गोरेटो हो यो संविधान ।’ओलीले संविधान कुनै एक वर्ग,जाति, भूगोल विशेषको मात्र नभएर मेची महाकाली देखि विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा गौरवको बिषय भएको बताए ।

    ‘यो दिवस एउटा पार्टी विशेषको दिवस होइन । एउटा विचार,जाति,भूगोल,पेशा व्यवसाय विशेषको दिवस होइन यो त सम्पूर्ण नेपाली जनता मेची महाकाली देखि प्रवासमा जहाँ भएपनि नेपाली जनताको साझा उपलब्धिको साझा दिवस हो । साझा गौरवको साझा दिवस हो । सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस हो’ ओलीले भने ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend