२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अजरबैजान र अर्मेनियाको युद्ध सुरु, २५ को मृत्यु


सञ्चार डबली
  • बुधबार, असोज ३ २०८०
  • 11.5K
    SHARES

  • images
    अजरबैजान र अर्मेनियाको युद्ध सुरु, २५ को मृत्यु

     

    काठमाडौ, ३ असोज । अजरबैजानले अर्मेनियाविरुद्ध फेरि युद्ध सुरु गरेको छ । रोयटर्सका अनुसार अजरबैजानले मंगलबार आर्मेनिया नियन्त्रित काराबाखमा शृङ्खलाबद्ध आक्रमण गर्दा २५ जनाको मृत्यु भएको छ । मंगलबारबाट अजरबैजानले आर्मेनियाविरुद्ध युद्ध सुरु गरेको आर्मेनियाली अधिकारीले बताए ।

    अजरबैजानको सैन्य आक्रमणमा मंगलबार २५ जनाको मृत्यु भएको छ । जसमा दुई जना सर्वसाधारण पनि छन् । यसबाहेक अजरबैजानको आक्रमणमा १३८ जना घाइते भएका छन् ।

    अजरबैजानले आर्मेनियाका धेरै क्षेत्रहरूलाई निशाना बनाएको थियो। यसमा आर्मेनियाको नियन्त्रणमा रहेको नागोर्नो काराबाख क्षेत्र पनि समावेश छ। अजरबैजान यो क्षेत्र कब्जा गर्न चाहन्छ। त्यही भएर उनीहरुले यहाँ आक्रमणलाई तिव्र बनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend