२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आयोग उपाध्यक्ष श्रेष्ठसँग यूएनडिआरआर एशिया प्रमुखको भेटवार्ता


सञ्चार डबली
  • मंगलबार, असोज २ २०८०
  • 9.3K
    SHARES

  • images
    आयोग उपाध्यक्ष श्रेष्ठसँग यूएनडिआरआर एशिया प्रमुखको भेटवार्ता

     


    काठमाडौं, २ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालय, एशिया प्यासिफिक क्षेत्रीय प्रतिनिधि मार्को टोस्कानो रिभाल्टाले शिष्टाचार भेटवार्ता गरेका छन् । आज सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग क्षेत्रीय प्रतिनिधि मार्कोले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

    भेटमा विपद् जोखिम न्युनिकरण गर्न अपनाउनु पर्ने संरचनात्मक तथा विधिगत उपायका विषयमा छलफल भएको थियो । उपाध्यक्ष श्रेष्ठले विपद् जोखिम न्युनिकरणमा निकै अघि बढेको बताए । भेटमा संयुक्त राष्ट्र संघको नेपाल स्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीको समेत उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend