२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

व्यावसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्व दिएको छ : कार्यवाहक प्रधानमन्त्री


सञ्चार डबली
  • मंगलबार, असोज २ २०८०
  • 8.0K
    SHARES

  • images
    व्यावसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्व दिएको छ : कार्यवाहक प्रधानमन्त्री



    काठमाडौं, २ भदौ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरूको विशेष ध्यान जानुपर्ने बताएका छन् । उनले व्यावसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्व दिएको उल्लेख गरे ।

    मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८० मूल समारोह कार्यक्रममा कावा प्रधानमन्त्री खड्काले गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरू सबैबाट यथेस्ट पहल हुनुपर्ने बताए ।

    उनले भने, ‘व्यावसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्व दिँदै आएको छ । विद्यार्थीलाई यसतर्फ आकर्षण गरी स्वदेशमै अवसर प्रदान गर्न सकिन्छ । यसका लागि हामीले प्राविधिक तथा व्यावसायिक शिक्षालाई तालिम र सिप विकास गरेका छौं । शिक्षालयहरूको गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरू सबैबाट यथेस्ट पहल हुनुपर्छ ।’

    उनले स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न मेडिकल कललेजहरूको अहम भूमिका रहने भएकाले सरकारले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको बताए ।शिक्षा क्षेत्रको विकासका लागि निजि क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उनले निजी क्षेत्रको प्रवद्र्धनका लागि सरकारले अगाडि बढाएको विद्यालय शिक्षासम्बन्धी विद्येयक संसद्मा दर्ता भईसकेको जानकारी दिए ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend