काठमाडौ, २ असोज । नेपाल गोरखा परिवार दक्षिण कोरियाको १२औं अधिवेशनले दिपक श्रेष्ठलाई अध्यक्षमा सर्व सम्मत चयन गरेको छ । आज भएको १२औं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको कोरियाबाट जीवन श्रेष्ठले जानकारी दिए । श्रेष्ठले दिएको जानकारी अनुसार वरिष्ठ उपाध्यक्षमा देवी गौतम, उपाध्यक्षमा अनिल भट्टराई, मिलन श्रेष्ठ र जीवन श्रेष्ठ चयन भएका छन् ।
अधिवेशनले महिला उपाध्यक्षमा मिता गुरुङ, महासचिवमा अशोक खड्का, सचिवमा राजन बोहोरा र सुवास बगाले र कोषाध्यक्षमा भोजराज खनाल तथा सहकोषाध्यक्षमा सहदेव वानियाँ लाई चयन गरेको छ । त्यस्तैगरी, विध्यार्थी संयोजकमा तारानाथ लामिछाने, महिला संयोजकमा कुसुम देवकोटा र सदस्यहरुमा कृष्णकुमार श्रेष्ठ, कमल कोईराला, पिताम्बर पाण्डे, राजकुमार गुरुङ र मुन राना चयन भएका छन् । २१ सदस्यीय समितिमा हाल १८ जना चयन भएको र पछी ३ जना थप गर्ने गरी समिति निमार्ण गरिएको उपाघ्यक्ष जीवन श्रेष्ठले जानकारी दिए ।
सन २००२ मा स्थापना भएको नेपाल गोरखा परिवार दक्षिण कोरियाले रोजगारीको लागि गोरखाबाट कोरिया पुगेका दाजुभाई तथा दिदीबहीनीहरूलाई आपतबिपतमा सहयोग गर्दै आएको छ, त्यस बाहेक पनि नेपाली चाढपर्वमा परिवारले विभिन्न कार्यक्रम आयोजना गरेर सुख दुःख साटासाट गर्दै आएको छ । स्थापना संगै परिवारले सामाजिक तथा परोपकारी काम पनि हात हाल्दै आएको श्रेष्ठले जानकारी दिए ।


