२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

स्थानीय तहमा खटिने कर्मचारीको अब छुट्टै आचारसंहिता


सञ्चार डबली
  • सोमबार, असोज १ २०८०
  • 7.1K
    SHARES

  • images
    स्थानीय तहमा खटिने कर्मचारीको अब छुट्टै आचारसंहिता

    १ असोज, काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरुका लागि छुट्टै आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।

    संघबाट खटिएका कर्मचारीहरु विभिन्न अनैतिक र अश्लील हर्कतमा मुछिने क्रम बढेपछि मन्त्रालयले आचारसंहिता जारी गर्न लागेको हो ।

    मन्त्रालयका सहचिव सुमन दाहाल मन्त्रालय अन्तर्गत खटिएका कर्मचारीहरु आफ्नो कर्तव्य भुलेर विभिन्न गलत अनैतिक क्रियाकलापमा संलग्न हुने गरेको देखिएपछि आचारसंहिता नै जारी गर्न गृहकार्य भइरहेको बताउँछन् । ‘कार्यालयमा गर्नुपर्ने व्यवहारदेखि सामाजिक सञ्जालको प्रयोगसम्ममा देखिएका कमी कमजोरीहरुलाई ध्यानमा राखेर आचारसिंहता जारी गर्न लागेका हौं,’ दाहालले भने,‘ भविष्यमा यस्ता घटनाहरु नदोहरिउन् भन्नेमा मन्त्रालय सचेत छ ।’

    एक साताअघि माईजोगमाई गाउँपालिका, इलामका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र महिला लेखा अधिकृतले २७ असारमा कार्यालयभित्र अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको थियो । त्यस्तो गतिविधि भएको भिडियो बाहिररिएपछि प्रमुख प्रशासकीय अधिकृत राई मन्त्रालयको अतिरिक्तमा तानिएका छन् ।

    १३ साउनमा झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले सरकारी क्वार्टरमा महिलासँग अश्लील गतिविधि गरेको भिडियो बाहिरिएको थियो । मदिराको नशामा एक महिलासँग अश्लील गतिविधि गर्दै गरेको भिडियो टिकटकमा सार्वजनिक भएपछि प्रमुख निरौलाले क्वार्टरमा रङरोगन गर्न लगाएका थिए ।

    तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौंमा बोलाएर उनलाई पनि अतिरिक्तमा राखेको छ ।

    Screenshot 2023-09-18 152726.png

    आधारभूत मानवीय मूल्यमान्यतालाई कर्मचारीले सम्मान गर्ने व्यवस्था निजामती सेवा ऐन र निजमातीको आचारणसम्बन्धी नियमावलीमा छ । ऐनमै कर्मचारीको आचारसंहिता सम्बन्धी विषयहरु छन् । कामको प्रकृतिका आधारमा विभागीय स्तरबाट समेत आचारसंहिताहरु जारी हुनसक्ने व्यवस्था पनि छ ।

    निजामती सेवा ऐन २०४९मा निजामती कर्मचारीले आफ्नो कार्यालयमा काम गर्दा सबै प्रति शिष्ट व्यवहार गर्नुपर्ने व्यवस्था छ ।

    आफ्नो कामसँग सम्बन्धित सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नुपर्ने र आफ्नो सेवा र पद अनुसारको आचरण पालन गर्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ । ऐनअनुसार कार्यस्थल र संयन्त्रलाई मर्यादाभित्र बस्न प्रोत्साहित गर्ने गरी आवश्यकताअनुसार विभागीय प्रमुखहरुले आचारसंहिता जारी गर्न सक्छन् ।

    निजामती कर्मचरीको अचारणसमबनधी नियमावली २०६५ले पनि निजामती कर्मचारीले आफ्नो पद तथा सेवालाई मर्यादित बनाउन सदैव सकारात्मक रहनुपर्ने तथा अरुको लागि अनुकरणीय हुने गरी सबैलाई शिष्ट तथा मर्यादित व्यवहार गर्नु पर्ने व्यवस्था गरेको छ ।  निजामती कर्मचारीले आफ्नो पद अनुरुपको जिम्मेवारी तदारुकताका साथ पालना गर्नु पर्ने व्यवस्था नियमावलीले गरेको छ ।

    निजामती कर्मचारीले आफूभन्दा माथिका कर्मचारी प्रति उचित आदरभाव देखाउनु पर्ने र आफूभन्दा मुनिका कर्मचारीप्रति उचित व्यवहार गर्नुपर्ने व्यवस्था पनि नियमावलीले गरेको  छ ।

    ‘निजामती कर्मचारीले जुवा खेल्ने, तास खेल्ने तथा सार्वजनिक रुपमा जाँड रक्सी सेवन गर्ने वा अन्य यस्तै समाजमा निन्दनीय हुने कार्य गर्न वा त्यस्तो व्यवहार प्रदर्शन गर्न हुँदैन,’ नियमावलीमा भनिएको छ, ‘कुनै पदमा बहाल रहेको निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरण सम्बन्धी वेग्लै व्यवस्था भएमा त्यस्ता आचरणको समेत पालना गर्नु पर्नेछ ।’

    यसैका आधारमा मन्त्रालयले कार्यालयभित्र र अन्य सार्वजनिक जीवनमा कर्मचारीले गर्नुपर्ने व्यवहारबारे आचारसंहिता नै बनाउन लागेको हो । सार्वजनिक पद धारणा गरेका व्यक्तिले सार्वजनिक जीवनमा आफूलाई आदर्शपात्रका रुपमा प्रस्तुत गर्नुपर्नेमा आफ्ना विचलित निजी जीवन बाहिर आउने गरी हर्कतहरु गर्दा कर्मचारी संयन्त्रभित्र विकृति मौलाएको गलत सन्देश जाने डर भएको मन्त्रालयलाई छ ।

    कार्यस्थलमा यौनजन्य क्रियाकलाप वा अश्लील गतिविधि गरेको घटना सार्वजनिक कर्मचारी संयन्त्रमाथि थप अविश्वास बढ्ने अवस्था आएकाले मन्त्रालयले यस्तो कदम चाल्न लागेको हो । अधिकारीहरुका अनुसार नैतिक र पदीय सीमाभित्र बिर्सिने कर्मचारीलाई स्थायी सरकारको भूमिका र मर्यादा सम्झाउने गरी आचारसिंहता जारी हुने अधिकारीहरु बताउँछन् ।

    ‘सबैजसो कर्मचारीहरुले आफ्नो मर्यादाभित्र नै छन्’, सहसचिव दाहाल भन्छन्, ‘कसैले आफ्नो पदीय दायित्व र गरिमालाई बिर्सन्छन् भने उनीहरुलाई सचेत गराउने गरी आचारसंहिता बनाउँछौं ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend