२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

तीनकुने सामूहिक हत्या प्रकरणका आरोपित सार्वजनिक, जो जन्मजात नै बोल्दैनन्


सञ्चार डबली
  • आइतबार, भदौ ३१ २०८०
  • 19.6K
    SHARES

  • images
    तीनकुने सामूहिक हत्या प्रकरणका आरोपित सार्वजनिक, जो जन्मजात नै बोल्दैनन्

    आइतबार, भदौ ३१, २०८०
    काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्याका आरोपितलाई सार्वजनिक गरेको छ । प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमार्फत आरोपित व्यक्ति सञ्जय भण्डारीलाई सार्वजनिक गरिएको हो । स्थायी घर सिन्धुपाल्चोक भएका भण्डारी काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्दै आएका थिए ।

    प्रहरीका अनुसार उनी जन्मजात नै बोल्न सक्दैनन् । उनले कक्षा ८ सम्म सिन्धुपाल्चोक बाह्रबिसेमा र काठमाडौंमा १२ कक्षासम्म अध्ययन गरेका थिए । घटना अनुसन्धानका क्रममा सांकेतिक भाषाविज्ञको सहयोगमा थप सोधपुछ गरिएको सोही क्रममा उनले आफूले सम्पूर्ण घट्ना एक्लै घटाएको स्वीकार गरेको प्रहरी बताउँछ । 

    प्रहरीले भण्डारीको साथबाट घटना भएको दिन उनले बोकेको झोला र सोही झोलामा रहेको एक थान खुकुरी बरामद गरेको जनाएको छ । पक्राउ पर्दा उनले घटना घटाउँदा लगाएको कपडाहरू नै लगाएको र उनको टिसर्टमा रगतको जस्तो दागहरू देखिएको प्रहरीले जनाएको छ । 

    केही समय अगाडि मृतक विशाल राईले चलाएको मोटरसाइकलले ठक्कर दिँदा भएको विवादका क्रममा विशालले सञ्जय भण्डारीलाई कुटपिट गरेको र त्यसैको रिसइबी साँध्ने क्रममा हत्या भएको प्रहरीको दाबी छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend